दफा १५४
होस ठेगानमा नरहेको व्यक्तिको माथवर हुने

(१) होस ठेगानमा नरहेको व्यक्तिको यस भागको परिच्छेद ६ बमोजिमको संरक्षक नभएकोमा निजको पालन पोषण, हेरविचार तथा सम्पत्तिको हेरचाहको लागि अन्य कुनै व्यक्तिले माथवरको हैसियतले काम गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम माथवर नभएकोमा वा यकिन नभएकोमा होस ठेगानमा नरहेको व्यक्ति तत्काल जसको जिम्मा, सुपरीवेक्षण वा रेखदेखमा रहेको छ सोही व्यक्ति त्यस्तो व्यक्तिको माथवर हुनेछ ।